`

संसदमा विपक्षी दलहरुको अवरोध

Nepal One HD १४ फागुन २०८० ११:४९
राजनीति

काठमाडौं । विपक्षी दलहरुको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित भएको छ । सरकारले सभामुखको रुलिङ पालाना नगरेको र दोषी मन्त्रीहरुलाई कारबाही नगरेको भन्दै निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थागित गरेका हुन् ।

विपक्षी नेकपा एमाले, रास्वपा र राप्रपाले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् । तर सरकारले यसबारेमा जवाफ दिएको छैन । सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक–पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।


प्रतिक्रिया