तीन माग पूरा नगरे आगामी दिनमा संसद अवरोध गर्ने राप्रपाको चेतावनी
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले मिटरव्याज पीडितका समस्या समाधान नगरे आगामी बैठकबाट संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। सोमबारको प्रतिनिधि सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले माग पूरा नभए संसद अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।
उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानका लागि ठोस कदम नचाले आगमी बैठकबाट राप्रपाले संसद अवरोध गर्ने चेतावनी दिएका हुन् ।
लिङ्देनले आफूहरूलाई संख्याका कम भएको कारणले संसद्बाट निकालिन्छ भने निस्किन तयार रहेको बताए। उनले यो समस्यामा राप्रपा संसद र सडक दुवैतर्फ उभिने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
