‘विवादित मन्त्रीबारे सार्वभौम संसदमा उभिएर भन्नका लागि सरकारलाई केले रोक्यो ?’
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादति मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सभामुख देवराज घिमिरेबाटै रूलिङ भइसकेको अवस्थामा पनि मन्त्रीहरूलाई जवाफ आलटाल गरिएको भन्दे आपत्ति जनाएका हुन् ।
उनले भने, ‘यदि आफूमाथि उठेका कुराको यथ्यष्ट आधारहरू छन् भने ती आरोप या विषयहरू निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यसबारे भन्नका लागि केले रोक्यो सरकारलाई?’
उनले सरकारले आफूहरूले खोजेका जवाफबारे उत्तर नदिँदा संसदलाई लडाइँको क्षेत्र जस्तो बनाइएको बताए । उनले मिटरब्याज पीडितहरूले २३ दिन हिँडेर काठमाडौं आउनुपर्ने वातावरण सरकारले नै सिर्जना गरेको आरोप लगाए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
