`

टेरामस्क प्रणालीमा कुनै अनियमितता छैँन : स्वास्थ्यमन्त्री बस्नेत

Nepal One HD १४ फागुन २०८० १४:०४
राजनीति

काठमाडौँ / स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन् ।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यसबिषयमा दोषी देखिए पदमा नवस्ने स्पष्ट पारेका छन् । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए ।

मन्त्री बस्नेतले आफुले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखेका छन् ।


प्रतिक्रिया