त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गतको दोस्रो खेल, नेपाल टस जितेर बलिङमा

खेलकुद

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपूरमा भएको टस जितेपछि नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट