`

नगर प्रहरीमाथि सडक व्यापारीले नभई एमाले कार्यकर्ताले आक्रमण गरेका मेयर साहको आरोप

Nepal One HD २० फागुन २०८० ०:०४
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बुधबार सुन्धारामा प्रदर्शन गर्ने सडक व्यापारी नभई एमाले कार्यकर्ता भएको आरोप लगाएका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले नगर प्रहरीसँगको झडपमा सडक व्यापारी नभएर एमाले कार्यकर्ता उत्रिएका आरोप लगाएका हुन् । उनले नगर प्रहरीले कसैमाथि बल प्रयोग नगरे तर आत्मरक्षाका प्रतिकार गरेको दाबी गरेका छन् ।

उनले भनेका छन्,‘नगर प्रहरीले आक्रमण गरेको होइन, अनि सडक व्यापारी प्रदर्शनमा उत्रेका होइनन्, उनीहरु एमाले कार्यकर्ता हुन् । नगर प्रहरीमाथि आक्रमण गरिएको भिडियो मेटाएर बल प्रयोग गरिएको भिडियो राखेर बदनाम गरियो ।’

बुधबार साँझ सामाजिक सुन्धारामा सडक व्यापारीमाथि नगर प्रहरीले बर्बर आक्रमण गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि मेयर साहले त्यसबारे स्पष्टीकरण दिएका हुन् । संसदमा समेत महानगरपालिकाको कार्यको विरोध भएको छ । सांसदहरुले महानगरको काममा हस्तक्षेप गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया