`

अमेरिकी सेनाका कार्गो विमानद्वारा गाजामा उडान भर्न सुरु

Nepal One HD २० फागुन २०८० ८:२२
विश्व

अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् ।

वरिष्ठ अमेरिकी अधिकारीले दिएको जनाकारी अनुसार तटीय क्षेत्रमा महिनौंदेखि जारी युद्धपछि बढ्दो मानवीय सङ्कटको सामना गरिरहेका बेला सो सहायता पुर्याइएको हो । गाजामा संयुक्त मानवीय सहायता हवाई ड्रप सञ्चालन गरेका र जसमा द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न अमेरिकी वायुसेनाको तीनवटा जहाज संलग्न रहेका अमेरिकी केन्द्रीय कमाण्डका एक जना अधिकारीले बताएका छन् ।


प्रतिक्रिया