प्रतिपक्षी र सत्तापक्ष नभनि प्रभावकारी भूमिका राष्ट्रियसभामा निर्वाह गरेको नेता रायमाझीको दाबी
काठमाडौँ / नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको ६ बर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताउका छन् । ६ बर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनि प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन् ।
उनले सरकारले समयमा नै विधेयकहरु नल्याउदा कानून निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा राखेका छन् । सरकारले ल्याएका विधेकहरुलाई राष्ट्रिय सभा संसदीय दलले आन्तरिक छलफल गरि आवश्यकता अनुसार संशोधन पनि दर्ता गरेको उनको भनाइ छ । उनले संक्रमणकालीन न्याय, निजामती ऐन लगाएत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउदा दुःख लागेको बताए ।
कांग्रेस राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन् । राष्ट्रिय सभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ बर्षे कार्यकाल पुरा गरि विदा हुदैछन् ।
