`

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल चयन

Nepal One HD २२ फागुन २०८० १५:३२
प्रमुख खबर

काठमाडौँ । नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई मंगलबार उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।


प्रतिक्रिया