युक्रेनमा पुनः आणविक संयन्त्र सुरु नगर्न रुसलाई आइएइएको चेतावनी


अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले रुसलाई दक्षिणपूर्वी युक्रेनमा जापोरिजिया आणविक ऊर्जा संयन्त्रलाई पुनः सुरु नगर्न चेतावनी दिएको आइएइए प्रमुख राफेल ग्रोसीले बुधबार बताउनुभएको छ । रुसी सेनाले आफ्नो आक्रमणको पहिलो दिनमा कब्जा गरेको फ्रन्टलाइन प्लान्ट लगातार हमलाका कारण सन् २०२२ देखि बन्द छ । ग्रोसीले रुसको आणविक अपरेटरले संयन्त्रलाई अनलाइनमा फिर्ता राख्नुपर्ने सुझावको जवाफ दिनुभएको थियो ।
“यो आसन्न छैन, म आफ्नो रुसी समकक्षीहरूको त्यस्तो कुनै पनि कारवाहीका लागि विचारहरूको आवश्यकता हुनेछ भन्ने तथ्यतर्फ ध्यानाकर्षण गरिरहेको छु”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिला यो सक्रिय युद्ध क्षेत्र हो र यसलाई बिर्सन सकिँदैन, दोस्रो यो संयन्त्र लामो समयदेखि बन्द छ ।” उहाँले भविष्यमा कुनै पनि विन्दुमा संयन्त्रलाई पुन अनलाइन गरिने कुरालाई अस्वीकार गर्नुभएन तर यसका लागि ‘धेरै सुरक्षा आकलन गर्ने आवश्यकता हुने’ बताउनुभयो ।
सन् २०२२ मार्चमा मस्कोले कब्जा गरेपछि पावर स्टेसनलाई बारम्बारको गोलाबारी र ड्रोन आक्रमणहरूले हल्लाएको छ र ‘ओभरहिटिङ’ लाई रोक्नका लागि निरन्तर मर्मतको आवश्यकता छ । ग्रोसीले आफ्ना दुई प्रमुख चिन्ताहरू संयन्त्रको भौतिक अखण्डतार र यसको बाह्य विद्युत् आपूर्तिमा अवरोध भएको बताउनुभयो । युद्ध सुरु भएपछि उक्त संयन्त्रले आठ पटक बाह्य विद्युत् गुमाएको छ । यसमा डिसेम्बरमा युक्रेनले उसको ब्याकअप डिजेल जेनेरेटरमाथि निर्भर रहन बाध्य हुनुपरेको बताएको थियो ।