`

वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने मन्त्री जोशीको निर्णय

Nepal One HD २४ फागुन २०८० ७:४४
राजनीति

काठमाडौँ – नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुधबार सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ ।

मन्त्री जोशीले सुर्खेतको गुरुवाकोट नगरपालिकामा सामुदायिक विद्यालयका लागि स्थानीय तहमार्फत कार्यान्वयन हुने आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री जोशीलाई मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगाययतले स्वागत गर्नुभएको थियो ।

यसअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति रहनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता जोशी बझाङबाट निर्वाचित हुनुहुन्छ । लामो समय नेकपा (एमाले) को राजनीतिमा समिर्पित जोशी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।


प्रतिक्रिया