`

राजनीतिक प्रतिवद्धता र विकासको लक्ष्य पुरा गर्न सत्तासमिकरण परिवर्तनको निर्णय लिएको हो : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २४ फागुन २०८० १३:२२
प्रमुख खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवद्धता र विकास लक्ष्य पुरा गर्न आफुले सत्तासमिकरण परिवर्तनको निर्णय लिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कदम राजनीतिक वेइमानी नभएको भन्दै राजनीतिमा केहि आशंका पैदा भएपछि अहिलेको अवस्था आएको समेत बताए ।

औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्ने बिकल्प आफुसंग गरेको अवस्थामा दोश्रो बिकल्प रोजेको उनले बताए । संसदमा भएका कुनै दलसंग आशंका नभई राष्ट्रिय मुद्दाहरुमा मिलरै जाने पनि प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै उनले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको जिकिर गरेका छन् । आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे । आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कदम कसैलाई अस्थिरता लाग्न सकेपनि आफ्नो प्राथमिकता पद नभई देश र जनताको हितमा रहेको बताए ।

त्यस्तै उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बताए । त्यस्तै उनले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको जानकारी दिए । राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको उनको भनाइ छ ।


प्रतिक्रिया