`

गैरकानुनी धन्दा चलाउनेविरुद्ध कारवाही गर्न आदेश नकुर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Nepal One HD २९ फागुन २०८० १०:१४
प्रमुख खबर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गैरकानुनी धन्दा चलाउने, कर छली, गुण्डागर्दी र तस्करी लगायतका अपराधमा संलग्नलाई कारवाही गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले गैरकानुनी काम गर्ने कुनै पनि व्यक्ति वा समूहलार्ई कारबाही गर्न आदेश नकुर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपीलः देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!’


प्रतिक्रिया