गण्डकी प्रदेश : नवनियुक्त मन्त्री गुुरुङद्वारा शपथ
गण्डकी, ५ चैत : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुुभएको हो । शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थिति थियो ।
मुख्यमन्त्री पाण्डेले गुरुङलाई आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गर्नुभएको थियो । मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुुभएको गुरुङले आइतबार सो पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराउनुुभएको थियो ।शपथपछि पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताउनुुभयो । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उहाँले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताउनुुभयो । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उहाँको भनाइ छ ।सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उहाँको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उहाँले भ्रष्टाचार रोक्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।
