`

सभामुख घिमिरेद्वारा दुःख व्यक्त

Nepal One HD ६ चैत २०८० ८:५६
समाचार

काठमाडौँ, ६ चैत : सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भन्नुभएको छ, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”


प्रतिक्रिया