`

तोलामा एक हजार तीन सयले घट्यो सुन

Nepal One HD ९ चैत २०८० १२:२७
अर्थ समाचार

काठमाडौँ – बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु. एक हजार तीन सयले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु. एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु. एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु. एक हजार पाँच सय कायम गरिएको छ ।


प्रतिक्रिया