नेप्सेमा गिरावट

अर्थ समाचार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ आइतबार दोहोरो अङ्कले घटेको नेप्से सोमबार ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त र माईखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ७२ लाख ९० हजार कित्ता शेयर दुई अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टको ४७ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट