`

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनित गर्न सिफारिस

Nepal One HD ३० चैत २०८० १५:३९
राजनीति

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनयनका लागि सिफारिस गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शाक्य यसअघि इजरायलका लागि राजदूत थिइन् । यसअघि राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि पद रिक्त थियो ।


प्रतिक्रिया