`

शेयर बजारमा गिरावट, दुई अर्ब ३६ करोडको कारोबार

Nepal One HD १३ वैशाख २०८१ १६:५०
अर्थ समाचार

काठमाडौं । बिहीबार शेयर बजार नेप्से तीन अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, बीमा, म्युचल फन्ड, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागेको दिन सबैको लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मल्टीपर्पाेज फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज तीन सय तीन वटा कम्पनीका ६३ लाख १२ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको ११ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।


प्रतिक्रिया