नेपालले पायो २ सय ५ रनको विजयी लक्ष्य

खेलकुद

काठमाडौ । पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन जोडेको हो ।
वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए ।
ओपनर एलिक अथानाजेले ४७ रन र किसी काटीले ३८ रन बनाए । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १/१ विकेट लिए । सिरिजको दोस्रो खेल भोली आइतबार हुनेछ । तेस्रो खेल वैशाख १९, वैशाख २० मा चौथो र अन्तिम खेल वैशाख २२ हुनेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट