वेष्ट इण्डिज ‘ए’ माथि नेपालको शानदार जित

खेलकुद

काठमाडौ । नेपालले वेष्ट इण्डिज ‘ए’ संगको टी–२० सिरिजको पहिलो खेलमा जित हात पारेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो । नेपषलको जितका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको योगदान दिए ।
टर हारेर पहिले व्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपाललाई अन्तिम ६ बलमा जितका लागि ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै चौथो वलमा बलमा चौका हान्दै खेल जिताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट