`

नेप्सेमा शून्य दशमलव सात प्रतिशतको बृद्धि

Nepal One HD १७ वैशाख २०८१ १६:२२
अर्थ समाचार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से झिनो अंकले बढेको छ । सोमबार नेप्से शून्य दशमलव सात प्रतिशतले बढेर एक हजार नौ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ ।

फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेकोमा होटल, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, अन्य र व्यापार समूहको शेयर भने घटेको छ ।

आज पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन पिपुल्स पावर कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

आज तीन सय १७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।


प्रतिक्रिया