टी–२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित


काठमाडौ । व्याटर नचल्दा वेस्ट इन्डिज ‘ए’ संगको टी–२० सिरिजको तेस्रो खेल नेपालले गुमाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १ सय ५१ रन बनाएर अल आउट भएको हो । नेपालका लागि करण केसी र लोकेश वमले समान २८ रन बनाए भने गुल्सन झा ६, आरिफ शेख ३ रन, अनिलकुमार शाह ११, दीपेन्द्रसिंह ऐरी ७, विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० र कमलसिंह ऐरी ६ रनमा आउट हुँदा सागर ढकाल ३ रनमा अविजित रहे ।
टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले सर्वाधिक १ सय १९ रन बनाएका थिए । आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए भने एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक/एक विकेट लिएका थिए । योसँगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ ।