`

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

Nepal One HD २० वैशाख २०८१ १५:४१
अर्थ समाचार

काठमाडौं । नेपालमा पर्यटक आगमनमा बृद्धि हुँदै गएको छ । विगत वर्षको तुलनामा पर्यटक आगमन बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यो सङ्ख्या गतवर्षको तुलनामा १२ दशमलव ७६ प्रतिशतले धेरै हो । अप्रिलमा सबैभन्दा धेरै भारतबाट ३० हजार एक सय ५८ जना पर्यटक भित्रिएका छन् ।

यस्तै अमेरिकाबाट नौ हजार नौ सय ४७, चीनबाट नौ हजार सात सय ५०, बेलायतबाट पाँच हजार तीन सय ९१, अस्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन जना पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ । गत जनवरीमा ७९ हजार एक सय जना, फेब्रुअरीमा ९७ हजार चार सय २६ जना पर्यटक नेपाल आएका थिए ।


प्रतिक्रिया