`

राई नेतृत्वको जसपा सरकारमा सहभागी, प्रदीप यादव बने स्वास्थ्यमन्त्री

Nepal One HD ३१ वैशाख २०८१ १९:१६
प्रमुख खबर

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ ।

सोमबार राई नेतृत्वको जसपाबाट प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त भएका छन्। प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् ।

यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए ।


प्रतिक्रिया