सुनको मूल्य तोलामा ७ सयले घट्यो , कतिमा हुँदैछ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ७ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तोलामा रु १ लाख ३८ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ३७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै,आज तेजावी सुनको मूल्य पनि सात रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट