`

सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

Nepal One HD १ जेठ २०८१ १७:४१
प्रमुख खबर

काठमाडौँ / नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् ।

उनले सरकारको कार्यक्रमा कुनै उत्साह नदेखिएको धारणा राखेका छन् । उनले सहकारी प्रकरणमा पिडितलाई न्यायका साथै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआएको जिकिर गरे । सरकार सहकारी पिडितहरुको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।
उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण बिषय छुटेको बताए ।


प्रतिक्रिया