`

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

Nepal One HD १ जेठ २०८१ १८:०८
प्रमुख खबर

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगीत भएको छ । मंगलबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका बिषयमा राष्ट्रपतिलाई धन्यवाद मात्रै दिने कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरुले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ तीन गतेसम्मका लागि बैठक स्थगीत गरेका छन् ।


प्रतिक्रिया