`

सुनको मूल्य तोलामा १ हजार रुपियाँ बढ्यो

Nepal One HD २ जेठ २०८१ ११:५३
अर्थ समाचार

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु १ हजार रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार तोलामा रु १ लाख ३७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ३८ हजार ४ सय निर्धारण भएको छ ।

बुधबार तेजाबी सुन रु १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया