एमाले संसदीय दलको बैठक जारी
प्रमुख खबर
काठमाडौ । नेकपा एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा जारी छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक बसेको हो । संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
