`

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Nepal One HD ३ जेठ २०८१ ११:१९
अर्थ समाचार

काठमाडौँ / आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तोलामा रु १ लाख ३८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४० हजार निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया