`

विपक्षी दलको बहिष्कारकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

Nepal One HD ३ जेठ २०८१ १२:५४
प्रमुख खबर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका छन् । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका थिए । कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्ष र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् ।


प्रतिक्रिया