सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ

अर्थ समाचार

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट