दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मर्यो
समाचार
चितवन, ७ जेठः मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।
शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो ।
त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो । चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
