`

नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब २१ करोडको कारोबार

Nepal One HD १७ जेठ २०८१ १५:४४
अर्थ समाचार

काठमाडौं । बिहीबार पनि शेयर नेप्से दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, हाइड्रोपावर र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ९८ लाख ६४ हजार कित्ता शेयर चार अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।


प्रतिक्रिया