`

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

Nepal One HD २१ जेठ २०८१ ११:३०
अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोमबार सोही परिमाणको सुनको मूल्य एक लाख ४१ हजार निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोमबार त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

महासङ्घले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार आठ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।


प्रतिक्रिया