`

शेयर बजारमा सामान्य अंकको बृद्धि, चार अर्ब ४० लाखको कारोबार

Nepal One HD २१ जेठ २०८१ १५:४८
अर्थ समाचार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य घटेको छ । सोमबार नेप्से तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले बढेको छ ।

आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता शेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।


प्रतिक्रिया