`

शेयर बजारमा सामान्य अंकको बृद्धि

Nepal One HD २२ जेठ २०८१ १६:१२
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार नेप्से ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।


प्रतिक्रिया