`

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD ३ असार २०८१ ११:२३
अर्थ समाचार

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन सोमबार प्रतितोला  एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला  एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला  एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला  एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको थियो ।


प्रतिक्रिया