`

बाग्लुङका किसानलाई वर्षाको साथ, धान रोप्न भ्याईनभ्याई

Nepal One HD ४ असार २०८१ १६:२२
अर्थ समाचार

बाग्लुङ । वर्षा सुरु भएसंगै बागलुङका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । सिचाइ सुविधा पुगेको धेरै खेतमा किसानले धान रोप्न सुरु गरेका हुन् । असार सुरु भए लगत्तै किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । बागलुङको गलकोट नगरपालिका लगायतका क्षेत्रमा यतिबेला धमाधम रोपाँई भइरहेको छ ।

गलकोटको मजुवा फाँटमा असार नलाग्दै धान रोपाइँ सुरु भएको हो । राम्रो सिँचाइ सुविधा भएको यस फाँट जिल्लाकै धेरै धान उत्पादन हुनेमा क्षेत्रमा पर्दछ । १२ महिना सिंचाइको सुविधा भएको ठाउँ गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरी लगायतका फाँटमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख रामेश्वर सिलवालले बताए । यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएको कुलाले यहाँको फाँटमा सिँचाइ सुविधा पुगेको छ । बागलुङको गलकोट सहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङ लगायतका स्थानमा असारको पहिलो हप्ताभित्रै धान रोपाइँ सकिन्छ ।

पहिले पहिले असारमा रोपाइ सुरु गर्ने भएपनि अहिले जेष्ठको पहिलो सातादेखि नै रोपाइ सुरु हुने गरेको किसान बताउँछन् । बागलुङमा अहिलेसम्म १० प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यसपटक मनसुन छिटो शुरू हुने भनिएपनि अहिलेसम्म आकाश बाट पानी नपर्दा आकाशे पानीको भरमा खेती किसानी गर्ने ठाउँमा भने रोपाइ सुरु हुन सकेको छैन ।


प्रतिक्रिया