`

महानगरको प्रस्तावविरुद्ध न्युरोडबासी सडकमा

Nepal One HD ५ असार २०८१ १३:२४
अर्थ समाचार

काठमाडौ । न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउने माठमाडौ महानगरपालिकाको तयारी विरुद्ध व्यापारी व्यवसायी सडकमा उत्रिएका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै उनीहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको व्यवसायीको भनाइ छ । महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको प्रदर्शनकारीको भनाइ छ । स्थानीयको आवाजलाई दवाएर महानगरले जवरजस्ती कुनै काम गर्न नपाउने स्थानीयबासीको जोड छ ।

न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र आउजाउमा समेत असहज हुने भएकोले विरोध जनाउनुपरेको उनीहरुको तर्क छ ।


प्रतिक्रिया