`

पहिरोले बगाएर त्रिशुलीमा बस बेपत्ता भएको स्थान(फोटोफिचर)

Nepal One HD २८ असार २०८१ ८:५२
प्रमुख खबर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए । अहिले सुरक्षाकर्मीले घटनास्थलमा ती बसको खोजी गरिरहेका छन् ।
तस्बिरः सशस्त्र प्रहरी बल


प्रतिक्रिया