`

सिमलताल दुर्घटनामा बेपत्ता बसका एक यात्रुको शव फेला

Nepal One HD २९ असार २०८१ १५:१९
प्रमुख खबर

काठमाडौं । नारायणगढ/मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका यात्रुमध्ये एक पुरुषको शव भेटिएको छ। भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा उनको शव भेटिएको हो।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटिएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ। उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ ।

शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको ह‍ो।


प्रतिक्रिया