कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

प्रमुख खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको छ । शनिबार साँझ मौसम बुलेटिन जारी गरी महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गरेको हो ।
महाशाखाले कोसी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु आग्रह गरिएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट