चार लाख घुस र ४५ लाखको चेकसहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

अपराध

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित दुई कृषि प्राविधिकलाई नियन्त्रणमा लिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक(अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग कमिसन लिएको अख्तियारको दाबी छ ।
अख्तियारको टोलीले मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट ४ लाख १२ हजार नगद घुस लिइसकेको अवस्थामा र ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख पचास हजारका दुई वटा गरी पाँच लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट