होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

समाचार

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९१ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको परिवारले जनाएको छ ।
निमोनिया र बाथरोगबाट पीडित उनी दुई महिनायता उपचाररत थिइन् । उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट