`

तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD ४ साउन २०८१ १२:१७
अर्थ समाचार

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको शुक्रबारभने एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया