`

क्यान्सर अस्पतालका लेखा अधिकृत डेढ लाख घुससहित पक्राउ

Nepal One HD ६ साउन २०८१ २३:२४
अपराध

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ ।


अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो ।


आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई  एक लाख ५० हजार नगद र  चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए । 


कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।


प्रतिक्रिया