`

चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत फेला

Nepal One HD ८ साउन २०८१ १२:०९
समाचार

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वारस्थित मकैबारीमा मरेको गैँडा भेटिएको हो ।

गैँडा बूढो भएर मरेको बताइएको छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको आजै पोस्टमार्टम गरिने डा. श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया