घुसहित पक्राउ परेका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अपराध

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँदै गरेका बेला फक्राउ परेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले हुसैनविरुद्ध एक लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । हुसैनलाई नगरपालिकाको वडा नम्बर २ स्थित खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीबाट एक लाख घुस लिएको आरोपमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत असार १८ गते पक्राउ गरेको थियो ।
करीब ७ लाख रुपैयाँमा लगाइएको खेल मैदान निर्माणसम्बन्धी ठेक्कामा ‘माथिसम्म मिलाउनु पर्छ’ भन्दै इन्जिनियर हुसैनले ठेकेदारबाट घुसबापत रकम लिएको खुलेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट